Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

डोजरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या : पुरेको ठाँउबाट प्रहरीले निकाल्यो शव


5.6K
Shares

डोजरको बकेटले हिर्काएर वडाध्यक्षको  हत्या : पुरेको ठाँउबाट प्रहरीले निकाल्यो शव

सर्लाही १२, असार । पोखरीको अनुगमन गर्न पुगेका वडाध्यक्षको डोजरको बकेटले हिर्काएर हत्या गरिएको छ । जिल्लाको ईश्वरपुर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको गएराती हत्या भएको प्रहरीले जनाएको छ। भर्खरै खनिएको पोखरीको निरीक्षण गर्न जाँदा भएको विवादको क्रममा डोजर चालक सहित केही व्यक्तिले ५५ बर्षिय वडाध्यक्ष श्रेष्ठको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले पनि वडाध्यक्ष श्रेष्ठको हत्या भएको पुष्टि गर्नुभयो।

मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको उहाँको भनाई छ । अनुगमनमा जाँदै गर्दा पसलमा खाजा खानेक्रममा जेसिभीका चालक हर्कबहादुर तामाङ र वडाध्यक्षबीच बिबाद बताइएको छ । ‘बिवादका क्रममा आक्रोशित जेसिभी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेको पाइएको मयेर देवकोटाले जानकारी दिनुभयो ।

हत्या गरेपछि वडाध्यक्षको शव त्यहीँ पुरेर चालक फरार भएका थिए ।पुरिएको ठाउँबाट प्रहरीले श्रेष्ठलाई निकालेर अहिले जिल्ला अस्पताल मलङ्गवामा राखेको छ । हत्यमा संलग्न जेसिबी चालक तामाङलाई आज बिहान पौने ६ बजेतिर लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology