Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस


3.2K
Shares

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाण्डौं १२, असार । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको आज अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको दिवसको ‘लागुऔषधरहित परिवार ः स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी तीन दिनका लागि बिभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम तय गरिएका छन् ।

हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को १ सय १२ खण्डमा उल्लेख गरिएको छ ।

विश्व लागुऔषध प्रतिवेदन २०२१ ले लागुऔषध प्रयोगकर्ताको संख्या बर्सेनि बढ्दै गइरहेको देखाएको छ । नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत रहेको आँकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology