Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

देशभर बर्षा जारी, तटिय क्षेत्रमा सर्तकता अपनाउन आग्रह


8.2K
Shares

देशभर बर्षा जारी, तटिय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

काठमाण्डौं १२, असार । देशका बिभिन्न स्थानमा आजपनि बिहानैदेखि पानी परिरहेको छ । आज सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलिसम्म नै पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । अहिले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली भएको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद प्रतिभा मानन्धरले आग्रह गर्नुभयो ।

उहाँका अनुसार आज कन्काई, कोशी, कमला, बागमती जलाधारका केहि स–साना सहायक नदीमा क्षणिक मध्यम÷भारी बर्षा भई बहाब बढ्नेछ । केही स–साना नदीमा आकस्मिक बहाब भइ सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology