गोरखा ११, असार । गोरखाको आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहाललाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । अध्यक्ष दाहालको एन्टिजेन र पीसीआर परिक्षण दुवैका पोजेटिभ देखिए पछि होम आइसोलेसनमा बस्नु भएको हो ।
जिल्ला विपत ब्यवस्थापन समितिको गएको असार ४ गते जिल्ला सदरमुकाममा रहेको प्रशासन कार्यालयमा भएको बैठकमा सहभागी भएर फर्किनु भएका दाहाललाई स्वास्थ्यमा समस्या देखिए पछि ८ गते एन्टिजेन परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
९ गते पीसीआर गरेका दाहालको १० गते बिहीबार संक्रमण देखिए संगै होम आइसोलेसनमा रहनुभएको छ । दाहालको परिवारमा श्रीमती र १ छोरालाई पनि संक्रमण देखिएको हो । यता सोही बैठकमा बसेर फर्किएका पालुङटार नगरपालिकाका मेयर ई।दिपकबावु कंडेललाई पनि ९ गते राजधानीमा पीसीआर गर्दा संक्रमण देखिएको थियो ।