Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जातिय बिभेद बिरुद्ध दलित सोलिडारिटीद्धारा गोरखाका प्रजिअ मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र


5.5K
Shares

जातिय बिभेद बिरुद्ध दलित सोलिडारिटीद्धारा गोरखाका प्रजिअ मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र

गोरखा १०, असार । दलित सोलिडारीटी फ्रन्ट इन्टरनेश्नल नेपालले जातिय बिभेदका बिरुद्ध आज गोरखाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सञ्चारकर्मी समेत रहनु भएकी कलाकार रुपा सुनार माथि भएको घटनाले समग्र दलिम समुदायको आत्मा सम्मानमा चोट पुगेको भन्दै प्रधानमन्त्रीको ध्यानकर्षण गराउन प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।

सञ्चारकर्मी सुनारले कोठा खोज्ने क्रममा सबै कुरा मिलेको र भने जस्तो कोठा पाएको भएपनि आफु दलित समुदायको भएको थाहा पाएपछि घरवालाले कोठा नदिएको भन्दै सामाजिक सञ्जालमा घटना सार्वजनिक गर्नुभएको थियो । लगत्तै दोषीलाई कानुनी कारवाही माग गरेको भएपनि प्रहरीले त्यतिकै छोडको भन्दै दलित अगुवाहरुले आपत्ती जनाउदै आएका छन् ।

संस्थाका जिल्ला संयोजक राजेन्द्र सिर्मल, इन्टरनेसन प्रतिनिधी सुरेस अच्छामी, जिल्ला सदस्य मिलन सुनारले हस्ताक्षर गरि बुझाइएको ज्ञापन पत्रमा दोषी माथि कानुनी कारवाही गरि पिडितलाई न्याय दिन मागग गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शर्माले ज्ञापन पत्रलाई सम्बन्धित निकायमा पुर्याईदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology