गोरखा, १० असार : गोरखा नगरपालिका गोरखाले नगरपालिका भित्रका रेडियोहरुको बिद्युत महसुलको ५० प्रतिसत शुल्क तिरिदिने भएको छ ।
नगरप्रमुख राजनराज पन्तले आज सार्वजनिक गर्नुभएको नगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा नगरपालिका भित्रका रेडियोहरुको बिद्युत महसुलमा शुल्कका आधारमा ५० प्रतिसत रकम नगरपालिकाले उपलब्ध गराउने जानकारी दिनुभयो ।