Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिकाको बजेट १ अर्ब ५ करोड : यस्ता छन् बजेटको प्राथामिकता


3.1K
Shares

गोरखा नगरपालिकाको बजेट १ अर्ब ५ करोड :  यस्ता छन् बजेटको प्राथामिकता

गोरखा, १० असार : गोरखा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ को बजेट नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले आगामी आर्थिक बर्षका लागि कुल १ अर्ब ५ करोड १ लाख २२ हजार ७३५ रुपैयाको बजेट सार्वजनिक गर्नुभएको हो ।

नगरपालिकाले सार्वजनिक गरेको बजेट अन्र्तगत नेपाल सरकारबाट बित्तिय अनुदान समानिकरण तर्फबाट प्राप्त भएको २३ करोड ४९ लाख, सर्सत अनुदानबाट प्राप्त ३३ करोड ४६ लाख, राजस्व बाँडफाँडबाट प्राप्त भएको १० करोड २१ लाख ६४ हजार रुपैया रहेको उपप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै बिद्युत रोयल्टी बापत १ करोड ५७ लाख ६० हजार, ९३५, प्रदेश सरकार बित्तिय समानिकरण अनुदानबाट १ करोड ३० लाख ४ हजार, राजस्व बाँडफाँडबाट १ करोड ३० लाख ४ हजार, समपुरक अनुदान ५० लाख, नगरपालिकाको आन्तरिक स्रोतबाट ८ करोड, सडक बोर्ड नेपालबाट प्राप्त भएको ५० लाख रुपैया बजेटमा समाबेश भएको उहाँले बताउनुभयो ।

नगरपालिकाले सार्वजनिक गरेको बजेटमा बुहक्षेत्रिय पोषण कार्यक्रम, गाउँनगर साँझेदारी कोषबाट प्राप्त रकम, घरजग्गा रजिष्ट्रेसन, सामाजिक सुरक्षा, नगद मौज्जात ४ करोड र नगद लागत सहभागिता बापतको २ करोड रुपैया रहेको उपप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

बजेटको प्राथामिकता : गोरखा नगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमा कोभिड १९ को महमारीबाट नगरबासीको जीवन रक्षा र जनजिवनलाई सामान्यीकरण गर्ने तर्फ उच्च प्राथामिकता दिएको छ । त्यस्तै नागरिकहरुको मौलिक हकलाई स्वास्थ्यसंग एकाकार गर्दै मानव बिकासको सूचकाङ्कका न्युनतम आधारभूत आबश्यकताहरुको परिपूर्ति गर्न तथा बिपन्नता र पछौटेपनको अन्य गरि समाबेशी र समुन्नत समाज निर्माण गर्ने तर्फ बजेटले जोड दिएको छ ।

आर्थिक भौतिक तथा सामाजिक पूर्वाधार बिकासका साथै कृषि र पशुपालनलाई व्यवसायीकरण गर्ने, आत्मानिर्भर अर्थतन्त्र निर्माण तथा नगरपालिकाबाट प्रदान गर्ने सेवा सुबिधालाई प्रबिधिमैत्री बनाउने तर्फ पनि बजेटले प्राथामिकता दिएको छ ।  उपप्रमुख श्रेष्ठले घोषणा गर्नुभएको बजेट मार्फत नगरपालिका भित्र गुणस्तरीय शिक्षाको बिकास, स्वच्छ खानेपानी तथा सरसफाई, पर्यटन क्षेत्रको बिकास र प्रर्बद्धनका साथै कृषि क्षेत्रको आधुनिकीकरण मार्फत उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य लिएको छ ।

पूर्वाधार बिकासमा जोड दिइएको नगरपालिकाको आगामी आर्थिक बर्षको बजेटमा अधुरा तथा क्रमागत आयोजनाहरु सम्पन्न गर्ने र संघिय तथा प्रदेश सरकारसंगको सहकार्य, समन्वयमा जोड दिने घोषणा बजेट मार्फट गरिएको छ ।

प्रत्येक वडामा न्युनतम ९० लाख रकम बिनियोजन : गोरखा नगरपालिका गोरखाले आज सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमा नगरपालिका भित्रका वडाहरुमा वडागत योजनाहरुलाई प्राथामिकता दिदै न्युनतम ९० लाख रुपैया रकम बिनियोजन गरेको छ ।

वडागत रुपमा बिनियोजन गरिएको बजेट मार्फत शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, बन तथा बातारण सरसफाई सगै वडास्तरीय बिपत व्यवस्थापनमा जोड दिइएको उहाँले घोषणा गर्नुभयो । सवै वडाका लागि गरि कुल १२ करोड ६० लाख रुपैया वडागत कार्यक्रमका लागि बिनियोजन भएको उपप्रमख श्रेष्ठले जानकारी दिनुभयो ।

राजस्व लक्ष्य ८ करोड माथि : नगरपालिकाले आगामी आर्थिक बर्षमा रु ८ करोड राजस्व उठाउने लक्ष्य लिएको नगरपालिककी उपप्रमुख बिनाकुमारी श्रेष्ठले घोषणा गर्नुभयो ।  उहाँले आगामी आर्थिक बर्षका लागि राजस्व संकलनमा सुधार गर्न क्षमता अभिबृद्धि लगायतका तालिम सञ्चालका लागि समेत रु १० लाख ३० हजार रुपैया बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । कार्यक्रममा नगरप्रमुख राजनराज पन्तले आगामी आर्थिक बर्षको नीति तथा तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology