Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पुल नहुदा आफ्नै वडामा जान पाएनन् नागरिकले


3.8K
Shares

पुल नहुदा आफ्नै वडामा जान पाएनन् नागरिकले

बारा, ९ असार । अहिले बाढी पहिरोका कारण कतिपय नदीको पुल बगाएको छ । कति ठाउँमा बन्दाबन्दैको पुल भत्किएको छ । तर बाराको बालगंगा र पसाह खोलामा पुल नबन्दा नागरिकहरु वर्षौ देखी समस्यामा छन् । पुल नबन्दा नागरिक आफ्नै पालिकाको केन्द्र सम्म पुग्न पाएका छैनन् । जसले गर्दा नागरिक आधारभूत सेवाबाट पनि बञ्चित हुनु परेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १७ मा पर्ने रामनगर गाउँ , पुर्वमा पसाह र पश्चिममा काँठ नदी, दक्षीणमा पार गर्नै नसकिने भंगालो र उत्तरमा जंगलले घेरीएको छ ।

रामपुर बासीलाइ आफ्नै वडामा पुग्न दुइ ठूला नदी पार गर्नुपर्छ । तर दुई वटै नदीमा पुल छैन । जसका कारण नागरिकले हिउँद , वर्षा, सधैँ सास्ती खेप्नु परिरहेको स्थानीय पुरुषोत्तम दाहालको भनाइ छ । चुुरे पर्वत हुँदै बग्ने यी नदीहरुले रामनगरलाई बजार र आफ्नै वडा कार्यालयसँगको निकटता बाट वञ्चित गराएको अर्का स्थानीय बिमला ढकाल बताउँछन् । नदी र जंगलसँग जोडिएकाले बस्तीमा शर्पदंशको जोखिम उच्च छ । सर्पले टोकेको खण्डमा होस् वा अन्य समयमा बिरामी पर्दा, स्वास्थ्य सस्थासम्म पुग्न सजिलो छैन ।

जीतपुरसिमरा १७ का वडा अध्यक्ष नवराज खड्काको घर पनि सोही बस्तीमा छ । नदीमा पुल नहुँदा उहाँलाई वडा कार्यालय पुग्न सधैँ समस्या पर्छ । समस्या सम्बोधनका लागि स्थानीय देखी केन्द्र स्तरका नेताहरुसँग पहल गरेपनी कसैले चासो नदिएको उहाँको गुनासो छ । बस्तीमा १२ हजार नागरिकको बसोबास छ । बस्तीका नागरिकले बर्षौ देखि पुलको माग गर्दै आएका छन् । चुनाबको समयमा नेताहरुले आश्वासन दिने गरेको भएपनि प्रतिवद्धता भने कहिल्यै पूरा नगरेको नागरिकको गूनासो छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology