Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा निषेद्याज्ञा उल्लङघन गर्ने २ सवारी साधनलाई १०/१० हजार रुपैया जरिवाना


4.3K
Shares

गोरखा निषेद्याज्ञा उल्लङघन गर्ने २ सवारी साधनलाई १०/१० हजार रुपैया जरिवाना

गोरखा, ९ असार । जिल्ला प्रहरी कार्यालय गोरखाले निषेधाज्ञा उल्लंघन गर्ने दुई वटा सवारी साधनलाई कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालय गोरखाबाट जारी भएको निषेद्याज्ञा कार्यान्वयनको क्रममा काठमाण्डौ गोरखा यात्रु ओसार्दै आएका दुई वटा सवारी साधानलाई प्रसासनले दुईदुई हजार रुपैया जरिवाना गरेको हो ।

सामाजिक सञ्जालमा सूचना समेत जारी गरी काठमाण्डौबाट गोरखा यात्रु बोक्दै आएको हरियो नम्बर प्लेटको बा १ य १४५६ नम्बरको स्कारपियो र सामाजिक सञ्जालमै सूचना जारी गरी घ्याम्पेसाल गोरखादेखि काठमाण्डौसम्म यात्रु बोकी जाँदै गरेको बा १७ च २८९३ नम्बरको स्कारपियो प्रहरीले नियन्त्रणमा लिई कारवाहीका लागि प्रसासनमा बुझाएको थियो ।

प्रारम्भिक छानबिनबाट उल्लेखित गाडीहरुले घर फिर्ता गर्ने प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट जारी भएको पास लिए पनि सो पासको दुरुपयोग गरेको तथा यात्रुहरुबाट जनही दुई हजारका दरले समेत भाँडा असुल गरी निषेद्याज्ञाको उल्लङघन खुल्न आएको प्रहरीको भनतई छ । प्रहरीले सवारी चालकहरु जिल्ला नुवाकोट, शिवपुरी गाउपालिका वडा नम्बर ७ कोटथोक बस्ने बर्ष २८ को सन्तोष पाण्डे र जिल्ला गोरखा, भिमसेन थापा गाउँपालिका वडा नम्बर ५बगुवा बस्ने बर्ष २६ को सुनिल श्रेष्ठलाई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाएको थियो ।

उनिहरुलाई प्रशासनबाट कोभिड९१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम निजहरुलाई जनही दश हजार जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ । कार्य एवं गतिविधीहरुलाई कडाईका साथ पालना गरिने प्रतिबद्धता व्यक्त गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology