गोरखा ९, असार । गोरखा सदरमुकाममा अघि साँझ २ वटा मोटर साईकल एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ । । गोरखा नगरपालिका ६ हरमटारीमा साँझपख लक्ष्मीबजारदेखि हरमटारी क्षेत्र तर्फ जादै गरेको दुवै मोटर साईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका सबै सामान्य रहेको ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
लक्ष्मी बजारदेखि गोरखा बजार तर्फ आउदै गरेको बा. प ०२–०२० प ४१२५ नम्बरको मोटर साईकल र ना ३ प २३०९ मोटर साईकल ५ः४५ बजे हरमटारीमा एक आपसमा ठक्कर खाएको कार्यालयले जनाएको छ । बा. प ०२–०२० प ४१२५ नम्बरको मोटर साईकलमा सवार श्रीमान श्रीमती गोरखा आयुरवेद कम्पनी तर्फ जाने क्रममा चोकमा नै पछाडीबाट ना ३ प २३०९ मोटर साईकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा परि ३ प २३०९ मोटर साईकलका चालक गोरखा नगरपालिका ९ दलभञ्ज्याङ निवासी २७ बर्षका सन्तोष सिलवाल घाईते हुनुभएको छ । सिलवाललाई गोरखा अस्पतालमा चेकजाँच गराउने क्रममा उहाँले मादक पदार्थ सेवन गरेको पुष्टी भएको कार्यालयले जनाएको छ ।
मोटर साईकल र चालक सिलवाल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।