Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काठमाडौँ उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो (कुन कुन बार के खोल्न पाइन्छ यो हेर्नुहोस)


1.9K
Shares

काठमाडौँ उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो (कुन कुन बार के खोल्न पाइन्छ यो हेर्नुहोस)

काठमाडौँ ८ असार । उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको अस्ति बसेको संयुक्त बैठकले आजदेखि एक साता निषेधाज्ञा थप गर्ने तर केही खुकुलो बनाउने निर्णय गरेको थियो । नयाँ निर्णयअनुसार यही १४ गतेसम्म हुने यस निषेधाज्ञामा सवारीसाधनमा जोर/बिजोर प्रणाली लागु गरिएको छ भने बारअनुसार पसल खोल्नका लागि निश्चित समय दिइएको छ ।

मोटरसाइकल, ट्याक्सी पनि जोर–बिजोरका आधारमा आजदेखि चलेका छन् भने सार्वजनिक सवारी साधन चल्न दिइएको छैन । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको निर्णयअनुसार आजदेखि आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न पाइनेछ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकूद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न पाइने भएको छ भने खाद्यान्न, दूध, किताब पसल लगायतका बिहान ११ बजेसम्म मात्र खोल्न दिइनेछ ।

निर्माण सामग्रीका पसलहरू भने बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ । शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनुभयो । उहाँका अनुसार सरकारी कार्यालय भने आलो–पालो गरी खोल्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology