Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा देखिएको डेल्टा भेरिएन्टको नयाँ म्युटेशन फेला परेको पुष्टि


3.4K
Shares

नेपालमा देखिएको डेल्टा भेरिएन्टको नयाँ म्युटेशन फेला परेको पुष्टि

काठमाण्डौं ७, असार । नेपालमा कोरोना भाइरसको डेल्टा भेरिएन्टमा नयाँ म्युटेसन फेला परेको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा देखिएको डेल्टा भेरिएन्टको नयाँ स्वरुप फेला परेको हो । भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन फेला परेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताउनुभयो ।

उहाँले देशका विभिन्न भागबाट विभिन्न उमेर समूह र लिङ्गलाई प्रतिनिधित्व हुने गरी राष्ट्रिय प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म ४८ वटा नमुना सङ्कलन गरेको जानकारी दिनुभयो ।

४७ वटा डेल्टा भेरिएन्टमध्य ९ वटा नमुनामा के ४१७ एन म्युटेसन भेटिएको डा. पौडेलले पुष्टि गर्नुभएको छ । उहाँका अनुसार भारतमा पनि यो भेरिएन्ट फेला परिसकेको र डेल्टा प्लस भनेर पनि नामाकरण गरिएको हो ।

हाल देखिएको यो म्युटेसन डेल्टा भेरियन्टभन्दा अझ सङ्क्रामक हुन सक्ने भएकाले सरकारले सबैलाई थप सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology