गोरखा ७, असार । गोरखा जिल्लामा आज थप ३ स्थानिय तहका २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पालुङटार नगरपालिका र आरुघाट तथा बारपाक सुलिकोट गाउँपालिकामा गरी सोमबार थप २७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो । संक्रमण देखिएका मध्ये पिसिआर परिक्षणका क्रममा ३ जना एन्टिजेन परिक्षणमा २४ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालयले दिएको विवरण अनुसार एन्टिजेन परिक्षण गर्दा गोरखा अस्पतालमा २ जना महिला, पालुङटार नगरपालिकामा १ जना पुरुष र बारपाक सुलिकोट गाउँपालिकामा ५ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै गरी आरुघाट गाउँपालिकामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ७ जना महिला र ५ जना पुरुष तथा पीसीआर परिक्षणमा ३ जना पुरुषलाई समेत संक्रमण देखिएको छ ।
आज संक्रमण देखिएका मध्ये १४ जना महिला र १३ जना पुरुष रहेका छन् । जिल्लाको विभिन्न स्थानिय तहको ८५ जनाको पीसीआर परिक्षणको नतिजा आउन बाँकी रहेको छ भने जिल्ला भरी ३८० जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।