Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा बन लसुन टिप्न गएका एक व्यक्ति भीरबाट लडेर बेपत्ता, ४ जनाको उद्धार


5.5K
Shares

गोरखामा बन लसुन टिप्न गएका एक व्यक्ति भीरबाट लडेर बेपत्ता, ४ जनाको उद्धार

गोरखा, ७ असार । बन लसुन टिप्न गएका उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दीबासका एक जना बेपत्ता हुनुभएको छ । लसुन टिप्न गएका स्थानीयबासी २४ बर्षका सुरेन्द्र गुरुङ भीरबाट लडेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

गएको जेठ २६ गते गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र लमजुङको सिमानामा पर्ने बौद्व हिमालमा बन लसुन टिप्न गएका गुरुङ हिजोदेखि बेपत्ता भएको प्रहरीको भनाई छ । दिउँसो करिब ३ बजेतिर बन लसुन टिप्दै गर्दा गुरुङ एक्कासी भिरबाट खसेको जानकारी आएपपछि प्रहरीले खोजी गरिरहेको छ ।

उहाँसगै बेपत्ता भएका अन्य ४ जनाको भने उद्धार गरिएको डिएपी दाहालले बताउनुभयो । सल्लेरीका बाढी पिडितलाई राहात पु¥याउन गएको सिम्रिक एयरको हेलिकप्टर मार्फत चारै जनाको आज उद्धार गरिएको उहाँले बताउनुभयो । उद्धार गरिएक सवैलाई परिवारको जिम्मा लगाइएको छ ।

उद्धार गरिएकाहरुमा धार्चे गाउँपालिका ४ लाप्राकका ३० बर्षका सुवास गुरुङ, चुमनुब्री गाउँपालिका ३ सिर्दीबासका ५० बर्षका धनप्रसाद गुरुङ, ४२ बर्षका तुलबहादुर गुरुङ र १८ बर्षका कान्छा गुरुङलाई रहेको डिएसपी दाहालले जानकारी दिनुभयो । मौषममा सुधार आउन साथ प्रहरीले बेपत्ता गुरुङको खोजी तिव्र पार्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology