Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा सदरमुकामबाट अत्याबश्यक राहात सामग्री बोकेर उड्यो सिम्रिक एयरको हेलिकप्टर


8.7K
Shares

गोरखा सदरमुकामबाट अत्याबश्यक राहात सामग्री बोकेर उड्यो सिम्रिक एयरको हेलिकप्टर

गोरखा ७, असार । गोरखाको चुमनुव्री गाउँपालिकाका बाढी पहिरो पिडितका लागि राहात सामग्री पुर्याउन सुरु गरिएको छ । चुमनुव्री गाउँपालिकाको सल्लेरी क्षेत्रका बाढी पहिरो प्रभावितहरुलाई गोरखा सदरमुकामबाट हेलिकप्टरमा राहात सामग्री पठाउन सुरु गरिएको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।

प्रभावित क्षेत्रमामा खाद्यान्य, औषधी, टेन्ट, त्रिपाल लगायतको राहात सामग्री पठाइएको छ । सिम्रिक एयरको हेलिकप्टरबाट राहात सामग्री सल्लेरी पठाइएको हो । गएको असार १ गतेदेखि परेको अबिरल बर्षाका कारण सल्लेरीमा ४ घर बुढी गण्डकी नदीले बगाएको छ भने ७ घर पहिरोको उच्च जोखिममा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology