टिप्परको ठक्करबाट मोटरसाईकलमा सवार दुइृ जनाको आज मृत्यु भएको छ । पोखराबाट जाँदै गरेको मोटरसाइकललाई बिपरित दिशाबाट आइरहेको टिप्परले ठक्कर दिदा मोटरसाईकल चालक र पछाडी बस्ने अर्का एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पर्वत भुक्ताङ्गे १ का ३३ वर्षीय विनोद मल्ल र अर्का नाम थर नखुलेका अन्दाजी ४५ वर्षका पुरुषको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिका ३ स्थित लक्ष्मी देउरालीको पत्थरमा प्रदेश नं ३.०१ .००३ क ५१७३ को टिप्परले ग २० प ६०३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिप्पर चालक सिन्धुपाल्चोक इन्द्रावती १० का २५ वर्षीय सुरेश माझीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।