काठमाण्डौं ६ असार । २४ घन्टामा देशभर ३ हजार ४ सय ५६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ५ लाख ५६ हजार ७ सय ९८ पुगेको छ । यस्तै गत २४ घन्टामा थप ५१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ७ सय २६ पुगेको छ ।
हाल देशभर ५५ हजार ५ सय ३२ सक्रिय सङ्क्रमित रहेका छन् । जसमा ५१ हजार ८ सय ३३ जना होम आइसोलेसनमा छन् भने ३ हजार ६ सय ९९ जना संस्थागत आइसोलेसनमा छन् ।