मुस्ताङ ६, असार । पहिरोले सडकमा गुडिरहेको ट्रक पुरिएको छ । मुस्ताङको थसाङ गाउँपालिका वडा नम्बर ४ स्थित घोप्ते भीरमा पर्ने बेनि जोमसोम सडकखण्डमा माथिबाट खसेको पहिरोले ट्रक पुरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
पहिरोले ग १ क ३४९२ नम्बरको ट्रक पुरिएको हो । ट्रक परिएपनि कुनै मानविय क्षति भने नभएको उहाँले बताउनुभयो । ट्रक घटनास्थलमै रहेकाले हटाउने प्रयास भइरहेको र सडक अबरुद्ध भएकाले हटाउने प्रयास भइरहेका प्रहरीले जनाएको छ ।