गोरखा ६ असार । गोरखाको अजिरकोट गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले शनिबार आर्थिक बर्ष २०७८÷०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाएको छ । गाउँपालिका गाउँपालिका अध्यक्ष फणिन्द्र धितालद्धारा प्रस्तुत नीति तथा कार्यक्रम गाउँसभा सदस्यबाट सर्वसम्मत पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेश दवाडीले जानकारी दिनुभयो ।
गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोना संक्रमण संक्रमण रोकथाम, नियन्त्रण र न्युनिकरण जोड दिएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममाशिक्षा स्वास्थ्य, रोजगारीलाई समेत प्राथामिकतामा राखेको जनाएको छ । त्यस्तै स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने खालका ब्यवसायिक कृषि कार्यक्रम, पशुपालन, पर्यटन र पूर्वाधार लक्षित नीति कार्यक्रममा समेत पालिकाले जोड दिएको छ ।