गोरखा ६, असार । युवा ब्यवसायी दुर्गा श्रेष्ठले जिल्लाको विभिन्न स्थानमा स्वास्थ्य सामाग्रीहरु वितरण गर्नुभएको छ । गोरखा आँपपिपल निवासी श्रेष्ठले पालुङटार नगरपालिकाको ११ स्थानमा आफै पुगेर स्वास्थ्य सामाग्री वितरण गर्नुभएको हो ।
राजधानीमा मदिरा ब्यवसाय गर्दै आएका श्रेष्ठले पालुङटार नगरपालिकाको वडा नम्बर २ मा रहेको हर्मीकोट, ओडारे, दार्मीचौर, थापागाउँ, आँपपिपल भञ्ज्याङ, रिपगाउँ, बिजुली डाडाँ र केउरेनीको राईगाउँका सर्व साधारणहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्नुभएको हो ।
श्रेष्ठले उत्त क्षेत्रमा रहेको २३५ घरलाई २० हजार थान मास्क, १०० ली।स्यानिटाइजर, ५० थान एन्टिजेन किडका साथै सिटामोल र भिटामिन सी १ हजार ५०० फाइल वितरण गरेको वडाअध्यक्ष लोकनाथ वाग्ले जानकारी दिनुभयो। शुक्रबार र शनिबार २ दिन लगातार उत्त क्षेत्रमा स्वास्थ्य सामाग्री वितरण गर्दै सबैको दुःखमा आफु साथ रहेको सन्देश दिन सामाग्रीहरु वितरण गरेको ब्यवसायी श्रेष्ठको भनाई छ ।
श्रेष्ठले पालुङटार नगरपालिका ३ को डुम्रेडाडाँमा पनि स्वास्थ्य सामाग्री वितरण गर्नुभएको हो । एन्टिजेन किट २५ थान, १० ली। स्यानिटाइजर, ३ हजार थान सर्जिकल मास्कका साथै सिछामोल, खोकीको औषधी र भिटामिन सी समेत उपलब्ध गराएको स्थानिय विवश चिन्तनले जानकारी दिनुभयो।
त्यस्तै गरी उहाँले पालुङटार नगरपालिका ८ को लागि २५ थान एन्टिजेन किट, ३ हजार थान मास्क, १५ ली। स्यानिटाइजर र सिटामोट, खोकीको औषधी र भिटामिन सी पनि उपलब्ध गराएको वडाअध्यक्ष शंकल कंडेलले जानकारी दिनुभयो ।
समाज सेवी श्रेष्ठले आफ्नै खर्चमा स्वास्थ्य सामाग्री उत्त क्षेत्रमा वितरण गरेका हुन् । उहाँ तात्कालिन नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।