Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

डा. भट्टराईले आक्रोस पोख्दै लेखे, “टाउकोको ओखती नाइटोमा लगाएर हुन्न”


3.8K
Shares

डा. भट्टराईले आक्रोस पोख्दै लेखे, “टाउकोको ओखती नाइटोमा लगाएर हुन्न”

काठमाण्डौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको टिप्पणी गर्नुभएको छ ।

उहाँले ट्वीटरमा ट्वीट गर्दै देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति÷दल÷नेतृत्वको स्खलन नै भएको टिप्पणी गर्नुभएको हो ।

उहाँले ट्वीटरमा ट्वीटमा लेख्नुभएको छ, ”टाउकाको ओखती नाइटामा लगाएर हुन्न । अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति÷दल÷नेतृत्वको स्खलन नै हो ।’’

”पार्टी र नेतालाई आमुल परिवर्तन गर्नुपर्ने वा नयाँ बनाउने आँट गर्नुपर्ने भन्दै, ‘कांग्रेस ‘कांग्रेस’नरहनुस कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनुस समाजवादी ‘समाजवादी’नरहनु  कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं । नत्र समयले कसैलाई पर्खन्न है,’’ डा. भट्टराईले आफ्नो ट्विटमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology