Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना खोप पुर्याउन गएकी २६ बर्षकी स्वास्थ्यकर्मी शव भेटियो


3.6K
Shares

कोरोना खोप पुर्याउन गएकी २६ बर्षकी स्वास्थ्यकर्मी शव भेटियो

डडेल्धुरा ५, असार । कोरोना खोप पुर्याउन गएकी एक २६ बर्षकी स्वास्थ्यकर्मीको शव फेला परेको छ । डडेल्धुराको परशुराम नगरपालिका–८, जमरानी स्थित आधारभूत स्वास्थ्यकेन्द्रमा कार्यरत अस्मिता धामीका आज शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीय जोगबुढा अस्पतालमा स्वास्थ्य सामग्री पु¥याउन जाने क्रममा बेपत्ता भएकी धामीको खोजी गर्ने क्रममा शव भेटिएको हो ।

छोरी बेपत्ता भएपछि खोजी गरिदिन परिवारले प्रहरीलाई निवेदन दिएपछि धामीको खोजी सुरु गरिएको थियो । युवतीको शव हत्या गरेर फालेको जस्तो देखिएको स्थानीयको भनाई छ । घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । हत्या भएको हो वा होइन भन्ने बारेमा खुल्न बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology