धादिङ,५ असार । । धादिङ उत्तरी क्षेत्र सेर्तुङ क्षेत्रमा पहिरोले डोजर परिएर दुई जना बेपत्ता भएका छ । सडक खन्ने काममा प्रयोग भएको डोजर पहिरोले पुर्दा शुक्रबार साँझ दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । उक्त सडकखण्ड धादिङबेँसी तिप्लिङ सडकअन्तर्गत आदा खोलामा क्षेत्रमा उक्त घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोक निवासी राजु पराजुली र रुबी भ्याली गाउँपालिका–५ का जोजो तामाङ आदाखोलामा बेपत्ता भएकाले खोजी भइरहेको छ । फोटो : सांकेतिक मात्र