Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने खतरा


2.6K
Shares

तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने खतरा

काठमाण्डौं ५, असार ।  चीनमा हावाहुरीसहित एक्कासी परेको भारी वर्षाका कारण लेदोसहितको पहिरोले नदीको बहाव रोक्ने भएकाले तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति सूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो ।

आज बिहानसम्म अवस्था उस्तै रहेको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो । पहिरोका कारण थुनिएको नदीको बहाव अहिलेसम्म नखुलेको जानकारी आएकाले तामाकोशीमा पनि पानीको बहाव स्थिर रहेको उहाँको भनाइ छ ।

नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिङ्ग्री काउन्टीको रोङ्गसीया शहर र त्यसआसपासमा भारी वर्षासँगै पहिरो जाँदा स्थानीय नदी थोनिएको बताइएको छ । थुनिएको नदीको बहाव कुनै पनि बेला खुलेर तामाकोशी नदीमा बाढी आउन सक्ने जोखिम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology