Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

महाकाली नदीमा बढ्यो पानीको बहाव


1.8K
Shares

महाकाली नदीमा बढ्यो पानीको बहाव

काठमाण्डौं ५, असार । महाकाली नदीमा पानीको बहाब बढेर ५ सय ८० सेन्टिमिटरभन्दा धेरै पुगेको प्रहरी चौकी दत्तले जनाएको छ । सो नदीमा पाँच दशमलव आठ मिटरलाई सतर्कताको र छ दशमलव ५० मिटरलाई खतराको सतह मानिएको छ ।

महाकाली नदीमा जल सतह बढेसगै दार्चुला सदरमुकाम खलंगा लगायत महाकाली नदीको तटीय क्षेत्र धाप, दत्तु, उकु, लाली लगायतका क्षेत्रमा बाढीको जोखिम पनि बढेको छ । महाकाली नदीको बहाव परिवर्तन भई खलंगाको बांगाबगढ क्षेत्रमा निर्माणधीन पक्की तटबन्धमा क्षति पुगेको छ ।

सो ठाउँमा पक्की तटबन्ध निर्माण कार्य पुरा हुन नसक्दा दार्चुला सदरमुकाम खलंगा बाढीको उच्च जोखिममा रहेको छ । नदी आसपासका स्थानीयहरुलाई सतहर्क रहन प्रहरीले समेत आग्रह गरेको छ । सांकेतिक तस्विर

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology