नागरिक सवाल
काठमाण्डौ ४, असार । सिन्धुपाल्चोकको मेलम्चीमा फेरि भीषण बाढी आएको छ । करिब ८ बजेदेखि मेलम्ची खोलामा पानीको बहाव बढेको प्रहरीले जनाएको छ । खोलामा बाढी आउन सुरु गरेपछि खोला किनारामा रहेका बस्तीका मानिसहरुलाई माइकिड् गरेर सुरक्षीत स्थान तर्फ सारिएको छ । बाढी आएको आवाज टाढाबाट सुनिएको स्थानीयबासीहरुको भनाई छ ।
शुक्रबार साँझ साढे ८ बजेदेखि खोलाको बहाव बढ्दै गएको मेलम्ची प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिनुभयो । प्रहरीले त्यस आसपासका जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारिएको बताउनुभयो। बाढी मेलम्ची बजारको इलाका प्रहरी कार्यालय छेउसम्म आइपुगेको छ।
बाढीले तालामाराङको तेर्से उच्च माध्यमिक विद्यालय कटान गरेको छ भने उक्त क्षेत्रको रातु खोला पुल पनि जोखिममा परेको छ । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा पनि पानीको बहाव उच्च भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले शुक्रबार राती ९ः ५० बजे बाह्रबिसे स्थित भोटेकोसी नदीमा बाढीको तह ‘वार्निङ’ तहमा पुगेको जनाएको छ ।