चितवन ४, असार । चितवनमा ट्रकको ठक्करबाट प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारी सहित ६ जना घाइते भएका छन् । निर्माणाधिन मुग्लिन सडकखण्ड अन्तरगत पुल तथा सडकको अनुगमन गरि फर्केको एसपी अधिकारी सहितका प्रहरी चढेको बा २ ज ३४७२ नम्बरको जीपलाई ट्रकले ठक्कर दिएको जिल्ला चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । ट्रकको ठक्करबाट एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको छ ।
त्यस्तै घाइते ५ जना प्रहरी पनि घाइते भएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित नारायणगढ मुग्लिन सडकखण्डको गाईघाटमा ना ६ ख ६०११ नम्बरको मालबाहक ट्रकको ठक्कर प्रहरीको गाडीलाई ठक्कर दिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । ट्रकको ठक्कर जीपमा रहेका सवैजना घाइते भएका हुन् । घाईतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।ट्रक र चालकलाई नियन्त्रणमा लिइएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।