Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जिल्लामा आइतबारदेखि पुस्तक पसल खोल्न पाइने


3.9K
Shares

गोरखा जिल्लामा आइतबारदेखि पुस्तक पसल खोल्न पाइने

गोरखा ४, असार गोरखा जिल्लामा निषेधाज्ञा थप गरिएपनि पुस्तक पसलहरु भने खोल्ने पाइने भएको छ । जिल्ला प्रसासन कार्यालय गोरखाले कोरोना संक्रमणको रोकथाम र न्युनिकरणका लागि असार १२ गतेसम्म निषेधाज्ञा थप गरेपछि सर्त सहित पुस्तक पसलहरु भने सञ्चालन गर्ने दिने निर्णय गरेको हो ।

जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले पाठ्यपुस्तक तथा स्टेशनरी पसलहरु जनस्वास्थ्य मापदण्डको अनिबार्य पालना गर्ने गरि बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने दिने निर्णय गरेको हो ।

सामुदायिक बिधालयको हकमा भने पुस्तक व्यवसायीले बिधालयसम्म पुस्तक पु¥याईदिने र बिधालयले आलोपालो गरि बिधार्थीहरुलाई पुस्तक बितरण व्यवस्था मिलाइएकोे प्रमुख जिल्ला अधिकारी शालिकग्राम पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology