Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा असार १२ गतेसम्म निषेधाज्ञा थप


3.2K
Shares

गोरखामा असार १२ गतेसम्म निषेधाज्ञा थप

गोरखा, ४ असार । गोरखा जिल्लामा असार १२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) को आज बसेको बैठकको निर्णय अनुसार भोलिराती १२ बजेदेखि थप हुनेगरि पुनः ७ दिन निषेधाज्ञा थप गरिएको हो ।

जिल्लामा गएको बैशाख २२ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटक–पटक गरि यो पाँचौ पटक थप गरिएको हो ।  चौथो पटक थपिएको निषेधाज्ञाको अबधी शनिबार राती १२ बजे सकिदैछ । जिल्ला भित्र कोरोना संक्रमण संक्रमण रोकथाम, न्युनिकरण र व्यवस्थापनका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

बैठकले निषेधाज्ञाको अबधीमा दैनिक उपभोग्यबस्तु, खाद्यान्य, तरकारी, दुध तथा माछा, मासु, कृषिजन्य बिउबिजन मल पशुपन्छीको दाना बिक्री गर्ने पसल र वर्कसप भने अबदेखि बिहान ५ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ । यसअघि ९ बजेसम्म मात्र त्यस पसलहरु सञ्चालन गर्न दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology