गोरखा ३, असार । गोरखाको धार्चे गाउँपालिकाको वडा नम्बर १ स्थित यारु बगर क्षेत्रमा बुढी गण्डकी नदीले दुई घर बगाएको छ । नदीमा आएको बाढीका कारण बुढी गण्डकी नदीको कटानले स्थानीय राजकुमार ढकाल र गोपाल घलेका एक तले घर बगाएको स्थानीयबासीले बताएका छन् । ढकालको बाख्राको समेत नदीले कटानले बगाएको छ ।
नदीले खोरमा रहेका ७ ओटा बाख्रा समेत बगाएर लगेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । यारुबगरमा खसेको पहिरोले केहीबेर नदी समेत थनिएको थियो । बाढीका कारण त्यस क्षेत्रमा ७ घर उच्च जोखिममा परेको स्थानीयले बताएका छन् ।