गोरखा ३, असार । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ६ मा निषेधाज्ञाका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका बिपन्न २३ घर परिवारलाई खाद्यान्य सहयोग प्रदान गरिएको छ । नागरिक समाजको पहलमा आर्थिक सहयोग संकलन गरि निषेधाज्ञाका कारण बिहान बेलुकी छाक टार्न गाह्रो भएकाहरुलाई खाद्यान्य लगायत सहयोग प्रदान गरिएको समाजसेवी सुमन श्रेष्ठले.जानकारी दिनुभयो ।
अमेरिकामा बस्दै आउनु भएका प्रदिप्ता परियार, अमुल परियार र पुरुषोत्तम राणाको आर्थिक सहयोगमा समाजले करिब ६७ हजार ३ सय रुपैया बराबरको चामल,नुन, तेल, अण्डा लगायतका खाद्य सामग्री खरि गरि बितरण गरिएको उहाँले बताउनुभयो । नागरिक समाजका अध्यक्ष मोहन शाही लगायतको टोलीले बिपन्न परिवारको घरघरमा पुगेर खाद्य सामग्री उपलब्ध गराएको समाजसेवी श्रेष्ठको भनाई छ ।
सो अबसरमा समाजका उपाध्यक्ष मिस्टर श्रेष्ठ, सचिव केन्द्रप्रसाद सापकोटा, कोषाध्यक्ष इश्वर परियार सदस्यहरु इरसाइलदिन मिँया, हितेन्द्र परियार, ज्ञानेन्द्र सुवेदी लगायतको उपस्थित रहेको थियो ” दैनिक ज्याला मजदुरी गरेका बिहान कमाएर बेलुकी छाक टार्नु पर्ने बाध्यता रहेका परिवारको अबस्था निषेधाज्ञाका कारण दयनिय बन्दै गएको छ, श्रेष्ठले भन्नुभयो, ”केहीदिनलाई भएपनि सकेको सहयोग गर्नुपर्छ भनेर हामीले सहयोग जुटाएर खाद्यान्य सहयोग गरेका छौ । खाद्यान्य पाएपछि उहाँहरु समेत खुशी हुनुभएको छ ।”
यस अघि पनि नागरिक समाजले कोरोना संक्रमणको रोकथाम नियन्त्रण र न्यनिकरणका लागि स्वास्थ्य चौकी मार्फत संक्रमितहरुका लागि स्वास्थय सामग्री बितरण गरेको थियो ।