दाङ,३ असार । श्रीमानको बञ्चरो प्रहारबाट श्रीमतीको मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका ३ बेलुवाका ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरि श्रीमती स्याना कुमारी चौधरीको हत्या गरेका हुन। बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी उहाँको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते स्याना कुमारीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा बिहीबार दिउँसो १ः ४० बजे मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।