Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

त्रिशूली किनारमा अन्दाजी ३५ बर्षका २ महिलाको शव भेटियो


2.2K
Shares

त्रिशूली किनारमा अन्दाजी ३५ बर्षका २ महिलाको शव भेटियो

धादिङ, २ असार । बाढीले बगाएर ल्याएको दुई जना महिलाको शव त्रिशुली नदीको किनारामा भेटिएको छ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६, जिन्टेटार स्थित त्रिशुली नदीको किनारामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

नदी किनारामा भेटिएको दुवै महिला जना करिब ३५ बर्ष उमेरका रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिनुभयो । शव कुहिएको अबस्था रहेको उहाँको भनाई छ ।

दुवै शवको अहिलेसम्म पहिचान हुन सकेको छैन । भेटिएका शव नुवाकोट रसुवा क्षेत्रबाट बगेर आएको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology