गोरखा २, असार । गोरखामा दरौदी नदीले जेसिबी बगाएको छ । मध्येपहाडी लोकमार्ग निर्माणका लागि नयाँ साँघु खण्डमा प्रयोग हुदै आएो जेसिबी दरौदी नदीमा आएको बाढीले बगाएको सबारी धनी ताराबहादुर खड्काले जानकारी दिनुभयो ।
बाढीले आफ्नो ग १ क ४१९३ नम्बरको जेसिभी) ब्याकुलोडर बगाएको उहाँले बताउनुभयो । लगातारका बर्षा पछि दरौदीले धार परिर्वतन गर्दा मेसिन बगाएको खड्काको भनाई छ ।