Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बाढीको बितण्डा : नदीमा तैरँदै गरेको अवस्थामा ३ शव भेटियो


3.7K
Shares

बाढीको बितण्डा : नदीमा तैरँदै गरेको अवस्थामा ३ शव भेटियो

सिन्धुली २, असार । सुनकोशी नदीमा तैरँदै गरेका अबस्था आ तीन शव भेटिएका छन्। सिन्धुली जिल्ला अन्र्तगत सुनकोशी नदीमा साँझ पानीको सतहमा तैरँदै गरेको अवस्थामा शव भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका –५ मूलकोट, सुनकोसी –६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका –६ रत्नावतीमा बेवारिसे शव फेला परेका हुन्।

कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा भेटिएको शवको पहिचान हुन बाँकी रहेको उहाँको भनाई छ । सुनकोशीमा देखिएको शव निकाली परीक्षणका लागि सिन्धुलीमाढीतर्फ ल्याइँदै गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology