Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

खेतबाट फर्कदै गरेका बालकलाई नदीले बगायो


4.7K
Shares

खेतबाट फर्कदै गरेका बालकलाई नदीले बगायो

सप्तरी २, असार । खेतबाट फर्कदै गरेका एक बालकलाई नदीले बगाएर बगाएको छ । सप्तरीको बलान बिहुल गाउँपालिकामा बलान नदीले बगाएर गाउँपालिका वडा नम्बर ४ का १५ बर्षिय सन्तोष भण्डारीको मृत्यु भएको हो । बालक भण्डारीको शव भारतमा फेला परेका प्रहरीले जनाएको छ ।

खेतमा काम गरिरहेका दाजु सुनिलाई खाना पुर्याएर फर्कि रहेका बेला सन्तोषलाई नदीले बगाएको स्थानीयको भनाई छ । बालकको शव भारतको बिहार राज्यका बलानपट्टी गाउँमा भेटिएको प्रहरीले जनाएको छ । उहाँको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology