Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको सल्लेरीमा सेनाको बेस क्याम्प बाढीको उच्च जोखिममा


3.5K
Shares

गोरखाको सल्लेरीमा सेनाको बेस क्याम्प बाढीको उच्च जोखिममा

गोरखा, २ जेठ  गोरखाको सल्लेरीमा रहेको नेपाली सेनाको निर्माण कार्यदलको बेस क्याम्प बाढीको उच्च जोखिममा परेको छ । आइतबार रातीदेखि परेको अबिरल बर्षा पछि बुढीगण्डकी नदीमा आएको बाढीले बेस क्याम्प जोखिममा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

बेनीघाट–आरुघाट–लाकेपास सडक निर्माणका लागि बसेका नेपाली सेनाको बेस क्याम्पमा बाढीको जोखिम बढेपछि उच्च सर्तकता अपनाइएको जनाइएको छ । त्यस क्षेत्रमा आज बिहान मात्र ४ घर नदीले बगाई सकेको छ भने थप ७ घर समेत जोखिममा परेको छ । नदीले स्थानीयबासी सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको उहाँले जानकारी दिनुभयो ।

नदीले घर बगाएपछि सुर्यबहादुरका परिवारका ६ जना, सुन्दरका परिवारका ७ जना, थरपतीका परिवारका १ जना र लक्ष्मणका परिवारका ४ जना गरि १८ जना बिस्थापित भएका छन् । बिस्थापित भएका ४ वटै परिवारलाई स्थानीय आमा समुहको भवनमा राखिएको डिएसपी दाहालले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology