Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा खोलाले बगाएर बेपत्ता भएका एक व्यक्तिको शव भेटियो


3.7K
Shares

गोरखामा खोलाले बगाएर बेपत्ता भएका एक व्यक्तिको शव भेटियो

गोरखा, २ असार : ठोटनेरी खोलाले बगाएर मंगलबार बेपत्ता भएका एक गोबिन्द चौधरीको शव आज भेटिएको छ । आरुघाट गाउँपालिका–२ ढोडेनीमा स्थित ठोटनेरी खोला तर्ने क्रममा बेपत्ता भएका बर्दिया राजापुर नगरपालिका वडा नम्बर ७ का गोबिन्द चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।

चौधरीको शव मान्द्रेथोक भन्ने स्थानमा फेला परेको उहाँको भनाई छ । बगाएको स्थानदेखि करिब २ किलोमिटर तल मान्द्रेथोक भन्ने स्थानमा खोलामा ढुङ्गाको चेपुवामा शव फेला परेको डिएसपी दाहालले बताउनुभयो ।

जिल्ला भित्र सवारी साधन मर्मत गर्दै आउनु भएका चौधरीलाई हिजो बिहान अरु ३ जना साथीहरु संगै खोला तर्ने क्रममा खोलामा आएको बाढीले बगाएको थियो । मृतकको शवको आज नै पोष्टमार्टम गरि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology