Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा बाढीको बितण्डा : १ बेपत्ता, ४ घर बगायो, पुल बगाउदा चुमनुव्रीमा प्रवेशमै अबरुद्ध


5.7K
Shares

गोरखामा बाढीको बितण्डा : १ बेपत्ता, ४ घर बगायो, पुल बगाउदा चुमनुव्रीमा प्रवेशमै अबरुद्ध

गोरखा २ असार । गोरखामा आइबार रातीदेखि परेको अबिरल बर्षापछि आएको बाढी र पहिरोले बिभिन्न ठाउँमा क्षति पुर्याएको छ । बर्षापछि आएको बाढीले आरुघाट गाउँपालिकाको वडा नम्बर २ कटुञ्जेमा ठोट्नेरीखोलाले बगाउँदा बर्दिया घर भई मजदुरी गरी बस्ने ३८ बर्षका गोविन्द चौधरी बेपत्ता भएका प्रहरीले जनाएको छ ।

त्यस्तै बर्षा पछि बुढीगण्डकी नदीमा आएको बाढी गाउँमा पस्दा चुमनुब्री गाउँपालिका ३ सल्लेरीको चार घर बगाएको छ भने ७ घर उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । उता चुमनुव्री गाउँपालिकाको घट्टेखोला माथिको काठेपुल बगाउँदा चुमनुब्री प्रवेश गर्ने बाटो नै अबरुद्ध भएको छ ।

त्यसैगरी लगातारको बर्षापछिको माछाखोलामा आएको बाढीले धार्चे गाउँपालिका ५ माछाखोला बजार जोखिममा पारेको छ । भीमसेन थापा गाउँपालिका ४ धावाकी पम्फा परियारको घर बर्षाका कारण भत्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology