Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा बाढी र पहिरो जोखिम, उच्च सर्तकता अपनाउन प्रशासनको आग्रह


5.1K
Shares

गोरखामा बाढी र पहिरो जोखिम, उच्च सर्तकता अपनाउन प्रशासनको आग्रह

गोरखा, १ असार । जिल्ला प्रसासन कार्यालय गोरखाले गएरातीदेखि लगातार परेको बर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै नागरिकहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । कार्यालयका प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले आज एक सूचना जारी गर्नुहुदै प्रत्येक बर्ष मनसुनको सुरुवात संगै अबिरल बर्षा तथा झरीका कारण बाढी, पहिरो र डुवानबाट ठूलो जनधनको क्षति हुने गरेको भन्दै सर्तकता अपनाउन आग्रह गर्नुभएको हो ।

जिल्लाका कमजोर भुधरातल भएका पहाडी भुभागमा जुनसकुै समयमा पहिरो जान सक्ने तथा जिल्ला स्थित नदीनाला आसपासका स्थानहरुमा बाढी आउन सक्ने भएकाले त्यस्ता स्थानमा नजान मानिसहरुलाई प्रसासनले अनुरोध गरेको हो । यस्ता क्षेत्रमा बसेका घर परिवारहरुलाई उच्च सर्तकताको अबस्थतामा रहन पनि प्रसानले सूचना मार्फत भनेको छ ।

त्यस्तै प्रसासनले जोखिमको आंकलन गरि सुरक्षित स्थानमा स्थानान्तरण हुन, स्थानीय पालिका तथा सुरक्षा निकायको निरन्तर सम्र्पकमा रहन पनि प्रसासनले अपिल गरेको छ । गोरखामा आज बिहान मात्र खोलामा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन्

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology