Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गोरखा सहित देशभर बर्षा, जनजिवन प्रभावित


3.1K
Shares

गोरखा सहित देशभर बर्षा, जनजिवन प्रभावित

गोरखा १, असार । मनसुनी वायुको प्रभावले गोरखा सहित देशभरको मौसम प्रतिकुल बनेको छ । गएरातीदेखि परेको अबिरल बर्षाका कारण गोरखा लगायतका देशका अधिकांस क्षेत्रमा जनजिवन प्रभावित भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ । राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना समेत रहेको महाशाखाको भनाइ छ । आज बिहानको बहानको मापन अनुसार कन्काई, कोशी, बागमती, नारायणी, कणााली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य अवस्थामा रहेको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology