कञ्चनपुर १, असार । प्रहरीले जुवाको खालबाट ४६ हजार रुपैया नगद सहित पाँच जना जुवाडेलाई पक्राउ परेका छन् । कञ्चनपुर भिमदत्त नगरपालिका ४ स्थित स्थानीयबासी बिनोद गुप्ताको घरमा जुवातास खेली रहेका अबस्थामा उनिहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा भिमदत्त नगरपालिका १८ का ६२ वर्षीय रामकृष्ण गुप्ता, ३३ वर्षीय सचिन गुप्ता, वडा नं १८ बस्ने वर्षीय ४५ को बिनोद गुप्ता, ४२ वर्षीय सुनिल गुप्ता, ५५ वर्षीय मुरारी गुप्ता रहेका प्रहरीले जनाएको छ ।
गोप्य सुचनाको आधारमा उनीलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरु माथि कानुनी कारबाही अगाडी बढाउने तयारी भइरहेको जनाइएको छ ।