Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा खोलाले बगाएर आज बिहानै एक जना बेपत्ता


6.5K
Shares

गोरखामा खोलाले बगाएर आज बिहानै एक जना बेपत्ता

गोरखा, १ असार : गोरखाको आरुघाट गाउँपालिका–२, ढोडेनी स्थित ठोटनेरी खोलाले बगाएर आज बिहान एक पुरुष बेपत्ता हुनुभएको छ । साथीहरु संगै खोला तर्ने क्रममा अन्दाजी ३८ बर्षका गोबिन्द चौधरीलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

बर्दिया घर भएका चौधरीलाई ठाडो खोलाले बगाएर बेपत्ता बनाएको उहाँले बताउनुभयो । जिल्लाको विभिन्न स्थानमा सवारी साधन मर्मत गर्दै हिड्ने गरेका चौधरी सहितका अन्य ३ जना खोला तर्न लागेका क्रममा उहाँलाई भने खोलाले बगाएको डिएसपी दाहालको भनाई छ ।
बिहान करिब ७:३० बजे खोलाले बगाएर बेपत्ता भएका चौधरीको खोजी कार्य भइरहेको छ ।

चौधरीको खोजीका लागि मान्वु र ठाँटी पोखरीका क्षेत्रबाट प्रहरी परिचालन गरिएको छ । गएरातीदेखि परेको अबिरल बर्षाका कारण खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology