गोरखा ३१, जेठ । गोरखामा कोरोना संक्रमणबाट दाजुभाईको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ घर भएका एकै परिवारका दुई दाजुभाईको कोरोना संक्रमणबाट मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमणबाट गएको जेठ ३ गते ३८ बर्षका एक व्यक्तिको ज्यान गएकोमा उनका दाजुको पनि गएराती उपचारका क्रममा मृत्यु भएको हो । काठमाण्डौ स्थित मेट्रोसिटी अस्पतालमा मृतकका ४४ बर्षका दाजुको पनि निधन भएको हो ।