गोरखा ३१, जेठ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले किसानहरुलाई बाँदर धपाउने मेसिन बितरण गरेको छ । बाँदरले खेतीबाली जोगाउनै नसक्ने अबस्था आएपछि गाउँपालिकाले किसानहरुको समस्यालाई मध्येनजर गर्दै बाँदर धपाउने मेसिन बितरण गरेको जनाएको छ ।
चालु आर्थिक बर्षमा पालिका भित्र २० ओटा बाँदर धपाउने मेसिन बितरण गरेको पालिका स्वास्थ्य शाखाले जनाएको छ ।