Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

घरेलु मदिरा सवेनबाट ८ जनाको मृत्यु


2.3K
Shares

घरेलु मदिरा सवेनबाट ८ जनाको मृत्यु

सर्लाही ३१, जेठ । सर्लाहीमा तीन जना भारतीय नागरिकसहित ८ जनाको मृत्यु भएको छ । जिल्लाको ब्रह्मपुरी गाउँपालिका–५, पडरिया गाउँमा गत ४ दिनमा तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनका कारण भृत्यु भएको हुन सक्ने चिकित्सकहरुको आशङ्का छ । नेपाल–भारत सीमा दशगजाबाट करिव दुई किलोमिटर उत्तरतर्फ पर्ने पडरिया गाउँमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने भट्टी पसलमा मदिरा सेवन गरेकाहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृत्यु हुनेहरुमा पडरिया गाउँका ५० वर्षका राम ईश्वर पासवान, ३९ वर्षका दिनकर दास, ६५ वर्षका कैलु दास, ५० वर्षका जुगेश्वर माझी र २४ वर्षका बलिन्द्र दास रहेका छन् ।

यस्तै, भारतको उत्तर प्रदेशका ३५ वर्षका दाताराम निसाद, ५५ वर्षका शिवसागर निसाद र ३२ वर्षका सर्वेस राम निसादको पनि मृत्यु भएको छ । मृतक तीनै जना भारतीय नागरिक चन्दन इँटा उद्योग पडरियाका मजदुर हुन् । अन्य पाँच जना भने पडरिया गाउँका स्थानीयवासी रहेका छन् । तीनै जना भारतीय नागरिकको २८ गते, स्थानीय राम ईश्वर पासवान र दिनकर दासको २९ गते, कैलु दासको ३० गते र जुगेश्वर माझी र बलिन्द्र दासको सोमवार बिहान मृत्यु भएको ब्रह्मपुरी गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक उपेन्द्र राउतले जानकारी दिनुभयो।

उनका अनुसार मृतक पाँच जनामध्ये मदिरा सेवन गरेर मजदुरीका लागि भारततर्फ जाँदै गर्दा राम ईश्वर पासवान र दिनकर दासको भारतकै आग्रा भन्ने ठाउँमा पुग्दा मृत्यु भएको हो । अन्य तीन स्थानीयको गाउँमै र भारतीय नागरिकको उपचारका क्रममा जिल्ला अस्पताल मलङ्गवामा मृत्यु भएको स्वास्थ्य शाखाका संयोजक राउतले बताउनुभयो । उहाँका अनुसार मदिरा सेवन गरेका थप तीन जना स्थानीय बिरामी परेका छन् । दुई जना बिरामीको जिल्ला अस्पताल मलङ्गवा र एक जनाको श्रीराम अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । मदिरा पसलका सञ्चालक देवराज कापर आफै पनि बिरामी पर्नुभएको छ ।

चार दिनमा आठ जनाको मृत्यु भएपछि सोमबार बिहान स्वास्थ्य निर्देशनालय जनकपुरबाट डा. कमलेश यादव, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएजओ) बाट डा. किरण बास्तोला, जिल्ला अस्पताल मलङ्गवाबाट डा. अविनाश कुमार सिंहसहित जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको स्वास्थ्य शाखाको टोलीले मदिरा पसल संचालनमा रहेको गाउँको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा १३ जनाको एन्टिजेन विधीबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक राउतले बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology