Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा जिल्लाका ४ स्थानीय तहमा थप ३७ जनामा कोरोना देखियो


1.9K
Shares

गोरखा जिल्लाका ४ स्थानीय तहमा थप ३७ जनामा कोरोना देखियो

गोरखा ३१, जेठ । गोरखा जिल्लाका बिभिन्न ४ ओटा तहमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय गोरखा अनुसार जिल्लाको पालुङटार नगरपालिका तथा शहिद लखन, अजिरकोट र सिरानचोक गाउँपालिकामा सोमबार थप ३७ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

कार्यालयका अनुसार पिसिआर परिक्षण गर्दा पालुङटार नगरपालिकामा २२ जना र एन्टिजेन परिक्षणका क्रममा गोरखा अस्पताल, शहिद लखन, अजिरकोट र सिरानचोक गाउँपालिकामा १५ जनामा संक्रमण देखिएको छ । कार्यालयले दिएको जानकारी अनुसार पिसिआर परिक्षणमा पालुङटार नगरपालिकामा ८ जना महिला र १४ जना पुरुष गरी २२ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै गरी एन्टिजेन परिक्षणका क्रममा गोरखा अस्पतालमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जना, शहिल लखन गाउँपालिकामा १ जना पुरुष, अजिरकोट गाउँपालिकामा २ जना महिला र सिरानचोक गाउँपालिमा १ जना पुरुषमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology