गोरखा ३१, जेठ । बूढीगण्डकी नदीमा डुवेर ७ दिनदेखि बेपत्ता भएका एक युवकको शव फेला परेको छ । नदीमा डुवेर बेपत्ता भएका मध्ये धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का २२ बषिय दिनेश नेपाली शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उहाँको शव गण्डकी गाउँपालिकाको वडा नम्बर ८ मा पर्ने सिउरेनीटार स्थित बूढीगण्डकीको किनारामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।
युवकको शव पोष्ट मार्टमका लागि धादिङ पठाइएको उहाँले बताउनुभयो । गएको जेठ २५ गते मलामी गएका धादिङ ज्वालमुखी गाउँपालिकाका ३ जना युवक नुहाउने क्रममा बूढी गण्डकी नदीमा डुवेर बेपत्ता भएका थिए । बेपत्ता भएकाहरुको धादिङ प्रहरी, गोरखा प्रहरी लगायत स्थानीयबासीहरु मिलेर खोजी कार्य भइरहेको थियो ।