गोरखा २९, जेठ । गोरखाको पालुङ्टार नगरपालिकाबाट शनिबार दुई जना बेबारिसे मानिसको उद्धार गरिएको छ । मानव सेवा आश्रम गोरखाले नगरपालिकाको वडान नम्बर १ बाट एक बालक र वडा नम्बर ६ बाट एक महिलाको उद्धार गरेको हो ।
आश्रमले ९ बर्ष अघि आमाले दोस्रो बिहे गरेर गएको र बाबुले अर्को बिहेपछि समस्यामा परेका ९ बर्षका बालक हिमाल मोक्तानको उद्धार गरेको हो । त्यस्तै मानसिक रोगबाट पिडित ३४ बर्षकी आशा श्रेष्ठलाई पनि आश्रमले उद्धार गरेको आश्रमकी संयोजक मुना लामाले जानकारी दिनुभयो ।