गोरखा २९, जेठ । गोरखामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार संक्रमणका कारण जिल्ला भित्र २१ जना र गोरखा घर भई जिल्ला बाहिर बस्दै आएका २२ जनाको कोरोनाको दोस्रो लहर सुरु भएयता ज्यान गएको हो ।
जिल्ला भित्र मृत्यु हुने मध्ये २ जना महिला र १९ जना पुरुष तथा जिल्ला बाहिर मृत्यु हुनेमध्ये ८ जना महिला र १४ जना पुरुष रहेको कार्यालयको तथ्याड्कमा उल्लेख छ ।